१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालगन्जमा दोस्रो राष्ट्रिय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा दोस्रो पटक राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेका आयोजनामा राष्ट्रिय पौडी प्रतियोगिता हुने भएको हो ।

क्लबले आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगन्ज रंगशाला परिसरको पौडी पोखरीमा आयोजना हुने प्रतियोगिताबारे क्लबले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष केशवराज न्यौपानेले देशभरीका २०० बढी खेलाडीको सहभागिता रहने जानकारी दिए ।

विद्यालय लक्षित प्रतियोगितामा ८, १०, १२, १४ र १७ उमेर समूहका अतिरिक्त खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने अध्यक्ष न्यौपानेले बताए । प्रतियोगिता सफल बनाउन बिभिन्न संघ संस्था, प्रदेश खेलकुद विकास परिषद, बैंक तथा बित्तीय संस्थाहरुबाट सहयोगको प्रतिबद्धता आएको उनले बताए । अध्यक्ष न्यौपानेका अनुसार कुनै संघसंस्था वा क्लबले पनि संस्थागत रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा प्रतियोगिता संचालन हुने छन् ।

बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधि भर निःशुल्क खाजा, खाना र बसोबासको ब्यवस्था मिलाएको क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए ।

नेपाल पौडी संघले केन्द्रीय वार्षिक क्यालेण्डर अनुसार आयोजना गरिएकाले प्रतियोगिताको राष्ट्रिय रेकर्डको पनि मान्यता मिल्ने र उत्कृष्ट पुुरुष र महिलालाई पुरस्कृत गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए । प्रतियोगितामा भाग लिन सहभागीले १ हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ८ : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले