११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अनमोलको ‘जेरी अन टप’ आजबाट देशभर प्रदर्शन



काठमाडौं । नेपाली सुपरस्टार अनमोल केसी अभिनीत बहुप्रतिक्षित चलचित्र ‘जेरी अन टप’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्रले देशभर दुई सयभन्दा बढी शो पाएको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी र उषा खड्गीको दमदार अभिनय देख्न सकिन्छ । अभिनेत्री सुरक्षा पन्तले यसमा विशेष भूमिका निर्वाह गरेकी छन् ।

‘जेरी अन टप’ अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको हो । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानी गरेका छन् । चलचित्रको कथा हेमराज बिसीले लेखेका हुन् भने पटकथा र संवाद विश्वास तिम्सिनाले तयार पारेका छन् ।

सगरमाथा आरोहण र यात्राको क्रममा विकसित हुने प्रेमकथामा आधारित यस चलचित्रमा संगीत कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठले दिएका छन् । छायांकन दुलीप रेग्मीले गरेका हुन् ।

‘जेरी अन टप’लाई दर्शकले निकै उत्साहका साथ प्रतिक्षा गरिरहेका थिए, र आजदेखि देशभरका हलहरूमा यसको प्रदर्शन सुरु भएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३४ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा