१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

एएफसी यू-१७ महिला कप छनोट : थाइल्यान्डलाई जित्नैपर्ने दबाबमा नेपाल



काठमाडौं । एएफसी एसियन यू-१७ महिला कप छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग निर्णायक खेल खेलेर प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि आजको खेल ‘डु-ओर-डाइ’ अर्थात जित्नैपर्ने अवस्थामा छ । समूह चरणको यो अन्तिम खेलमा जित निकाल्न सके नेपालले आगामी वर्ष चीनमा हुने एएफसी यू-१७ महिला कपमा स्थान बनाउन सक्छ ।

थाइल्यान्ड भने आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । उसलाई बराबरी भए पनि प्रतियोगिताको अर्को चरणमा पुग्न पर्याप्त हुनेछ ।

खेल थाइल्यान्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

समूहमा नेपालसँगै थाइल्यान्ड र तुर्केमिनिस्तान छन् । हालसम्म थाइल्यान्ड तीन अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल एक अंकसहित दोस्रो स्थानमा रहेको छ । तुर्केमिनिस्तान अंकविहीन अवस्थामा पुछारमा छ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले मात्र आगामी वर्ष चीनमा आयोजना हुने एएफसी यू-१७ महिला कपमा सहभागी हुने अवसर पाउनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४० बजे

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा

होलीले समाजका विकृति, विसङ्गति एवम् कुरीतिको अन्त्य गर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले होली (फागुपूर्णिमा) पर्वले

सिधा सडकले जोडियो ढोरपाटन-तकसेरा

ढोरपाटन । बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा

वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । भारत राष्ट्रिय क्रिकेट टोली आईसीसी पुरुष टी-२० विश्वकपको