१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

एएफसी यू-१७ महिला कप छनोट : थाइल्यान्डलाई जित्नैपर्ने दबाबमा नेपाल



काठमाडौं । एएफसी एसियन यू-१७ महिला कप छनोट प्रतियोगितामा नेपालले आज घरेलु टोली थाइल्यान्डसँग निर्णायक खेल खेलेर प्रतिस्पर्धा गर्दैछ । नेपालका लागि आजको खेल ‘डु-ओर-डाइ’ अर्थात जित्नैपर्ने अवस्थामा छ । समूह चरणको यो अन्तिम खेलमा जित निकाल्न सके नेपालले आगामी वर्ष चीनमा हुने एएफसी यू-१७ महिला कपमा स्थान बनाउन सक्छ ।

थाइल्यान्ड भने आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । उसलाई बराबरी भए पनि प्रतियोगिताको अर्को चरणमा पुग्न पर्याप्त हुनेछ ।

खेल थाइल्यान्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा नेपाली समयअनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

समूहमा नेपालसँगै थाइल्यान्ड र तुर्केमिनिस्तान छन् । हालसम्म थाइल्यान्ड तीन अंकका साथ शीर्ष स्थानमा छ भने नेपाल एक अंकसहित दोस्रो स्थानमा रहेको छ । तुर्केमिनिस्तान अंकविहीन अवस्थामा पुछारमा छ ।

समूहको शीर्ष स्थानमा रहने टोलीले मात्र आगामी वर्ष चीनमा आयोजना हुने एएफसी यू-१७ महिला कपमा सहभागी हुने अवसर पाउनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले