१० माघ २०८२, शनिबार | January 24, 2026

सामाओविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, २ सय १२ रनको विशाल लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटअन्तर्गत सामाओविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गर्दै २ सय १२ रनको विशाल लक्ष्य दिएको छ ।

ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मैदानमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो ।

नेपालका ओपनर आसिफ शेख र मिडल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरे । आसिफले ४१ बलमा ६९ रन बनाउँदै ४ छक्का र ७ चौका हाने, भने ऐरीले ३३ बलमा ५३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे ।

नेपालले आजको खेल जितेमा अपराजित रहँदै छनोट प्रतियोगिताको उपाधि हात पार्नेछ । समूह चरणदेखि सुपर सिक्ससम्म नेपाल एक मात्र अपराजित टोली हो ।

यता, सामाओले सुपर सिक्स चरणमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेलको नेतृत्वमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ४१ बजे

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी