२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

सामाओविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, २ सय १२ रनको विशाल लक्ष्य



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटअन्तर्गत सामाओविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गर्दै २ सय १२ रनको विशाल लक्ष्य दिएको छ ।

ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मैदानमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रनको योगफल बनायो ।

नेपालका ओपनर आसिफ शेख र मिडल अर्डर ब्याटर दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरे । आसिफले ४१ बलमा ६९ रन बनाउँदै ४ छक्का र ७ चौका हाने, भने ऐरीले ३३ बलमा ५३ रन जोडे । उनले ४ छक्का र २ चौका प्रहार गरे ।

नेपालले आजको खेल जितेमा अपराजित रहँदै छनोट प्रतियोगिताको उपाधि हात पार्नेछ । समूह चरणदेखि सुपर सिक्ससम्म नेपाल एक मात्र अपराजित टोली हो ।

यता, सामाओले सुपर सिक्स चरणमा अहिलेसम्म कुनै खेल जित्न सकेको छैन ।

आजको खेलमा नेपालका कप्तान रोहित पौडेलको नेतृत्वमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ४१ बजे

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)