१० माघ २०८२, शनिबार | January 24, 2026

अपराजित रहँदै नेपाल च्याम्पियन, सामोआलाई १२४ रनले हराउँदै ११ वर्षपछि आईसीसी उपाधि



काठमाडौं । नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार ओमानमा सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्म सबै खेल जितेर अपराजित च्याम्पियन बनेको हो ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ रनमै समेटियो। सामोआका ब्याटर सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।

नेपालका बलरमध्ये ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए ।

त्यसपछि लोकेश बमले केवल ११ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै टिमको रन गति उचाले । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे ।

सामोआका बलर डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले एक-एक विकेट लिए ।

यो जितसँगै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि हात पारेको हो । यसअघि नेपालले अन्तिमपटक सन् २०१४ मा आईसीसी डिभिजन ४ को उपाधि जितेको थियो । सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो । सुपर सिक्समा प्रवेश गरेपछि नेपालले यूएईविरुद्ध १ रन, कतारविरुद्ध ५ रन, र ओमानविरुद्ध ३८ रनले जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो ।

यो उपलब्धिसँगै एसिया-प्यासिफिक क्षेत्रबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकपको टिकट काटेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : १९ बजे

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा

हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन

बागलुङ । हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी