११ श्रावण २०८३, सोमबार | July 27, 2026

अपराजित रहँदै नेपाल च्याम्पियन, सामोआलाई १२४ रनले हराउँदै ११ वर्षपछि आईसीसी उपाधि



काठमाडौं । नेपालले अपराजित रहँदै आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार ओमानमा सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्म सबै खेल जितेर अपराजित च्याम्पियन बनेको हो ।

नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआले २० ओभरमा ७ विकेट गुमाउँदै केवल ८७ रनमै समेटियो। सामोआका ब्याटर सिन सोलियाले सर्वाधिक ४० रन बनाए ।

नेपालका बलरमध्ये ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रनको योगदान दिए ।

त्यसपछि लोकेश बमले केवल ११ बलमा ३९ रनको विस्फोटक पारी खेल्दै टिमको रन गति उचाले । कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे ।

सामोआका बलर डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले एक-एक विकेट लिए ।

यो जितसँगै नेपालले ११ वर्षपछि पहिलोपटक आईसीसी प्रतियोगिताको उपाधि हात पारेको हो । यसअघि नेपालले अन्तिमपटक सन् २०१४ मा आईसीसी डिभिजन ४ को उपाधि जितेको थियो । सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो ।

समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो । सुपर सिक्समा प्रवेश गरेपछि नेपालले यूएईविरुद्ध १ रन, कतारविरुद्ध ५ रन, र ओमानविरुद्ध ३८ रनले जित निकाल्दै उपाधि सुनिश्चित गरेको हो ।

यो उपलब्धिसँगै एसिया-प्यासिफिक क्षेत्रबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकपको टिकट काटेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : १९ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न