२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्रीले थालिन् दलहरुसँगको संवाद, पहिलो संवाद माओवादी नेताहरुसँग



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग छलफल थालेकी छन् । उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटवार्ता गरेकी छन् । चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री कार्कीले दलहरुसँग संबाद थालेकी हुन् ।

जेनजी आन्दोलनपछि दलहरूसँग संवादका लागि सरकार उदाशीन भएको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले राजनीतिक संवाद थालेकी छन् । गत साता मात्र राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले आफैंले दलहरूसँग छलफल अघि बढाउने उल्लेख गरेकी थिइन् ।

जेनजीका प्रतिनिधिहरूसँग बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग संवाद गर्न थालेकी हुन् ।

शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले चुनाव गराउन सरकार लागिसकेकाले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।

माओवादीले पहिले नै चुनावमा जाने निर्णय गरिसकेका कारण प्रधानमन्त्रीले माओवादीका नेताहरुबाट संवाद थालेको बुझिएको छ । भेटका क्रममा माओवादी नेताहरुले चुनावका लागि वातावरण उपयुक्त बन्नुपर्ने सुभाव दिएका थिए । चुनावका लागि चाहिने वातावरण बनाउन सरकारले सबै काम गर्नुपर्ने आफुहरुले सुझाव दिएको माओवादी केन्द्रका उपमहासचिव पुनले बताए ।

राष्ट्रपतिले सर्बदलीय बैठकमा दलहरूको चासो मुख्य विषय भएको भन्दै यसको सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका थिए । सो बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री कार्कीले अब सबै दलका नेताहरूलाई पालोपालो निरन्तर भेट गर्ने कार्यसूची बनाएकी उनी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ३९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले