१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआई विषयमा स्तानक कार्यक्रम सञ्चालन



काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्तानक तहको कार्यक्रम (बिएआइडिएस) सुरु गरेको छ ।

सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौँ उपत्यकामा सञ्चालित ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रबाट उक्त विषयमा भर्ना खोलेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह प्रा बुद्धिराज जोशीले बजारकोे आवश्यकता र समयको मागलाई सम्बोधन गर्दै एआई विषयमा अध्यापन गराउने निर्णय भएको जानकारी दिए ।

विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा दीपाञ्जल श्रेष्ठले एआईका क्षेत्रमा बजारमा आवश्यकभन्दा न्यून जनशक्ति रहेको अवस्थामा विश्वविद्यालयले आङ्गिक क्याम्पसबाट यो कार्यक्रम सुरु गरेको बताए । विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेजको शैक्षिक व्यवस्थापन अबदेखि पोखरा विश्वविद्यालयले गर्ने भएको हो ।

कलेजले कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बिसिएसआइटी) र मानविकी सङ्कायमा कानुनको स्नातक (बिएआइएलबी) पनि सुरु गरेको छ । यी कार्यक्रममा प्रतिकोर्स रु चार लाख ३० हजारदेखि रु चार लाख ९२ हजारसम्म शुल्क निर्धारण गरिएको र २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाइने विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा सुरेन्द्र तिवारीले बताए ।

विश्वविद्यालयका उपप्रशाक सानु घलेका अनुसार विश्वविद्यालयमा पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी करिब ४० हजार विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ९ : ५३ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका