७ माघ २०८२, बुधबार | January 21, 2026

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्म स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक १३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि कात्तिक १ गते आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद ऋषिकेश गौतमको निधन भएपछि रोकिएको थियो । आजको बैठक सुरु भएपनि स्वर्गीय गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेपछि रोकिएको हो ।

विभिन्न १० वटा एजेण्डामा छलफल गर्न केहीदिन देखि जारी बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनमा जाने भन्ने विषयमा बहस केन्द्रित भएको छ । महामन्त्रद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला पक्षले विशेष महाधिवेशन या मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर संकलन गरेको थियो । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गराइसकेका छन् । यद्यपी, संस्थापन पक्ष भने नियमित महाधिवेशन नै गर्नुपर्ने तर मंसिरमा गर्न नसकिने अडानमा रहेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८२, शनिबार  ४ : २७ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा