१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

झापाको बुद्धशान्तिमा नवजात शिशु फेला



भद्रपुर । यहाँस्थित बुद्धशान्ति गाउँपालिका-७ सुनमाईमा एक नवजात शिशु फेलापरेका छन् । सीमा आचार्यको घरको बरन्डामा अनुमानित ४-५ दिन उमेरको शिशु अलपत्र अवस्थामा फेलापरेकी हुन् ।

आचार्यको घरमा भाडामा बस्दै आएका ताप्लेजुङ श्रीजगा गाउँपालिका-७ का ओमप्रकाश तुमिहाङ लिम्बूले गए राति करिब ९ः०० बजेतिर शिशु देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । स्थानीय, जनप्रतिनिधि र भद्रभलादमीको उपस्थितिमा शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : १७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा