१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हराएका पर्यटक र पथप्रर्दशक भेटिए



म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।

धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए। सेभेन समिट टे«किङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् ।

मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ९ : ५८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा