२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

भ्रष्टाचार रोक्न पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेकपाको माग

जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष



काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । आज यहाँ एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गरेका थिए । सो पार्टीले रु ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरेको छ । समिति बैठकका निर्णयहरुमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो ।

त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव विप्लवले जेनजी युवाहरुको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिए । उनले भने, “अब पहिलेको जसरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ बहस आवश्यक भएकाले अब माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।”

यसैगरी बैठकले जेनजी विद्रोह सफल भए पनि जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छभने जेनजी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता र नयाँ कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ९ : ११ बजे

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको हो : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरुको चुनावी

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि,

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा