२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्वाचनबारे दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संवादको थालनी गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेकी छन् । माओवादी केन्द्रका नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुनसँगबाट संवाद थालेकी उनले दलहरुसँगको छलफलको तयारी तीव्र बनाएकी हुन्।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन् । मंगलबार दिउँसो ४ बजेका लागि दलका प्रतिनिधिलाई बोलाइएको छ । निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर कार्की नेतृत्वको सरकार गठन भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट दिएका छन्।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ९ : ४६ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले