४ चैत्र २०८२, बुधबार | March 19, 2026

निर्वाचनबारे दलहरुसँग छलफल गर्दै प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संवादको थालनी गरेकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि आमन्त्रण गरेकी छन् । माओवादी केन्द्रका नेताहरु नाराणकाजी श्रेष्ठ र वर्षमान पुनसँगबाट संवाद थालेकी उनले दलहरुसँगको छलफलको तयारी तीव्र बनाएकी हुन्।

कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनको सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएकी हुन् । मंगलबार दिउँसो ४ बजेका लागि दलका प्रतिनिधिलाई बोलाइएको छ । निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर कार्की नेतृत्वको सरकार गठन भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट दिएका छन्।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ९ : ४६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन