१ चैत्र २०८२, आइतबार | March 15, 2026

बाँकेमा धमाधम कुखुराको खोरमा जुवा अड्डा सञ्चालन, खजुरापछि कोहलपुरमा प्रहरीको छापा



नेपालगन्ज । बाँकेमा कुखुराको खोरलाई जुवाडेहरुले जुवा अड्डा बनाउने गरेको फेला परेको छ । बाँकेको खजुरामा कुखुराको खोरमा संचालित जुवा अड्डाबाट जुवाडेहरु पक्राउ गरेको अर्को साता कोहलपुरमा पनि कुखुराको खोरमा जुवातास खेलिरहेका जुवाडेहरुलाई लाखौं रकम सहित प्रहरीले पक्राउ गरेको हो ।

कोहलपुरस्थित १५ चौधरीयागाउँमा संचालनमा रहेको एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सन्चालकसहित ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा ठुलो जुवा भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर( १५ चौधरीयागाउँबाट गए राति साढे १२ बजे २ लाख ८८ हजार ८३५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

जुवाडेहरुहरुलाई चौधरीयागाउँमा रहेको लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा बनाइएको जुवाखालबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। प्रहरीका अनुसार जुवाखालबाट उक्त रकमसहित खोलिएका ७ र नखोलिएका ७ गडडी ताससहित पक्राउ गरिएको छ ।

जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरुमा लक्ष्मी प्रसाद बोहरा,धन बहादुर परियार,मायाराम थारु,सन्जय चौधरी,राम शेवक थारु,किसन सुनार,सत्यनारायण थारु,खेम बहादुर क्षेत्री,चन्द्रराज गिरी,दिलिप सिंह ठकुरी र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरीले जनाएको छ।

पक्राउ परेका जुवाडेहरुलाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलेले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

अघिल्लो सातामात्र बाँके प्रहरीले खजुरा ४ डि गाउँ स्थित कुखुराको खोर भित्र संचालन भइरहेको जुवा अड्डामा छापा मारेर ५ जना जुवाडेलाई पक्राउ गरेको थियो । खजुरा ४ डि गाउँ स्थित दिनेश शाहीले सञ्चालन गरेको ब्रोइलर कुखुरा पालन गर्न बनाइएको टहरो भित्र संचालन गरिएको जुवा अड्डामा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ०३ बजे

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल,

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो

गुण्डु पुगेर पितृशोकमा रहेका ओलीलाई दिइन प्रधानमन्त्रीले समवेदना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष