१० असार २०८३, बुधबार | June 25, 2026

विपिन जोशीको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीबाट श्रद्धान्जली अर्पण



काठमाडौं । विपिन जोशीको पार्थिव शरीर आज अपराह्न इजरायलबाट काठमाडौं ल्याइएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा प्रधानमन्त्री सुशीला कार्कीले स्व जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरिन । उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिन।

शोकसभामा उपस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याल, नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासलगायतले स्व जोशीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित उनको घरमा पु¥याउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वय र इजरायली सरकारको सहकार्यमा मृतक जोशीको शव नेपाल ल्याइएको हो ।

गत ७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाई गाजातर्फ लगिएको थियो । आक्रमणमा परी १० जना निर्दोष नेपाली विद्यार्थीहरूको तत्काल निधन भएको थियो ।

बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको थियो । तथापि, इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा जोशीको निधनको जानकारी गराएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : ५३ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार