१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता



काठमाडौँ । तिहारको अवसरमा आज यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच नेपालका प्रथम कार्यकारी ‘सेफ’ गोविन्द नरसिंह केसीले उद्घाटन गरे ।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ जनाले सहभागिता जनाएका थिए ।

उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए । सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए ।

देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गरेका थिए । अक्टोबर २० अर्थात् आज अन्तरराष्ट्रिय सेफ दिवससमेत मनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा