२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

विपिन जोशीको शव घर पुग्यो, मालिकार्जुन टोल शोकमा, गरेनन् दीपावली



कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका स्थानीय विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ । नेपाली सेनाको एक टोलीले विपिनको शवलाई सोमबार राति करिब सवा ८ बजे धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्‍याएको हो ।

सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव ल्याउँदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीय भक्कानिएका थिए ।

धनगढी उपमहानगरपालिकाको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकसमा बन्द विपिनको शव आँगनमा झरेसँगै धेरैजनाले आँसु थाम्न सकेनन् ।

सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव आउने भएपछि छिमेकीहरू दीपावली नै नगरी बसेका थिए । आज सो बस्तीमा कसैलेपनि दीपावली गरेनन् ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए।

हमासले फालेको ग्रिनेड समातेर हमासतिरै फालेका उनलाई सो समूहले बन्धक बनाएर लगेको थियो।

विपिनको अन्त्येष्टि मंगलबार गरिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ५७ बजे

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

बागलुङ । लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत्

छोटी भन्सार पुनःसञ्चालनको माग

कैलाली । कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालन तथा स्तरोन्नतिको

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत जोमसोम-कोरोलानाका जोड्ने मुस्ताङको

दमक-चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी

स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियान

वालिङ । स्याङ्जामा ‘एक सामुदायिक वन-एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष