२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका विषयमा सात राजनीतिक दलका नेताहरूसँग आज छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, छलफल आज दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी, राजनीतिक सहमति र वातावरण सुदृढीकरणका विषयमा दलहरूसँग विचारविमर्श गर्नका लागि यो बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त सातवटै राजनीतिक दलहरूलाई छलफलका लागि औपचारिक पत्र पठाएर प्रत्येक दलबाट दुई-दुई जना प्रतिनिधि पठाउन आग्रह गरेकी छन् ।

छलफलका लागि निमन्त्रणा प्राप्त दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र जनमत पार्टी रहेका छन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच संवाद र समन्वय बढाउने उद्देश्यले यो बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : १२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले