२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘दले दाइ’ टेलिसिरियलमार्फत ‘जेनजी आन्दोलनको कथा’ पर्दामा (भिडियोसहित)



काठमाडौं । हालै नेपालमा भएको जेनजी आन्दोलनको विषयलाई निर्देशक दिपक शर्माले आफ्नो नयाँ टेलिसिरियल ‘दले दाइ’ मार्फत दर्शकसामु प्रस्तुत गरेका छन्।

यो सिरियलमा आन्दोलनको प्रभाव, नेताहरूमाथि भएको आक्रमण, घर तथा सरकारी भवनमा भएको आगजनीजस्ता घटनाहरूलाई रोचक र यथार्थपरक ढंगले देखाइएको छ।

निर्देशक, लेखक तथा निर्माता दिपक शर्माको प्रस्तुति रहेको ‘दले दाइ’ अमलाचौर मिडिया नेटवर्कद्वारा निर्माण गरिएको हो। निर्माण पक्षका अनुसार, यस सिरियलमार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथा र विदेशिन बाध्य भएका नेपालीले भोग्नुपरेका कठिनाइहरूलाई यथार्थपरक रुपमा चित्रण गर्ने प्रयास गरिएको छ।

सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, दिपक शर्मा, रामचन्द्र अधिकारी, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी, शिवकुमार महत, कमला भण्डारी, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनाल लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ।

सोमबारदेखि नियमित रूपमा प्रसारण भइरहेको यो टेलिसिरियलमा वरिष्ठ कलाकार विश्वमणि घिमिरे निर्देशन सल्लाहकारको भूमिकामा रहेका छन्। दर्शकहरूले ‘दले दाई’ टेलिसिरियल युट्युब च्यानलमार्फत हेर्न सक्ने जानकारी निर्देशक शर्माले दिएका छन्।

सिरियलको छायांकन राहुल राई, श्रृंगार गीताञ्जली योगी, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठ, र सम्पादन उपेश कोईरालाले गरेका छन्। शीर्ष गीतको संगीत खड्ग गन्धर्वले रचना गरेका हुन् भने शब्द सरु पौडेलको रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ०२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको