काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश आर्याललाई तोडफोड, लुटपाटका पक्षमा रहेको आरोप लगाएका छन् । बुधबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका उनले गृहमन्त्री अर्याललाई लक्षीत गर्दै तोडफोड, लुटपाटका पक्षमा गृहमन्त्रीको मनोभाव रहेको बताए ।
उनले गृहमन्त्रीले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाए । ‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ। र, जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको देखिन्छ,’ ओलीले भने, ‘ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ। मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन। घर कहाँ हो पनि थाहा छैन मलाई।’
सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको ओलीको खुलासा गरे । ‘सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ,’ उनले भने । ओलीले सरकारले जनेजी भनिएकाहरुलाई बोलाएर सरकारलाई दवाव दिन लगाएर आफुलाई कारबाही अगाडि बढाउने योजनामा रहेको पनि उल्लेख गरे ।


















प्रतिक्रिया