१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

यस्तो छ तिहारमा दिदी बहिनीले दाजु भाइलाई टीका लगाउने विधि

टीका लगाउँदा कता फर्कने ? कति रंगको टीका लगाउने ?



काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । देशविदेशमा रहेका नेपालीहरुले आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिँदैछन् ।

हरेकवर्ष घरघमा छलफल हुने विषय हो भाइटीका लगाउनु भन्दा अगाडी कुन–कुन देवताको पूजाअर्चना गर्ने र कुन दिशा फर्केर पूजा गर्ने ? पूजा गर्दा कस्तो विधि अपनाउने ? भाइटीका लगाउने जाती र समुदाय पिच्छे फरक फरक प्रचलन रहेपनि पूजा गर्ने देवता र दिशामा भने समानता रहेको पाईन्छ ।

शास्त्रहरूमा वर्णन गरिए अनुसार सूर्यपुत्र यमराज र सूर्यपुत्री यमुना । यमराज यमलोकमा र यमुना पृथ्वीमा बस्छन् । एक दिन आफ्नो बहिनीलाई भेट्नका लागि यमलोकबाट यमराज पृथ्वीमा आइपुगेको कथन छ । त्यसै अवसरलाई लोकले यमपञ्चक भन्ने गर्दछन् ।

पाँच दिनसम्म यमुनाले आफ्ना दाजुलाई अत्यन्त दिव्य तरिकाले स्वागत सम्मान गरेकी थिइन् । यमपञ्चक समाप्त भइसकेपछि जान लाग्दा खेरी, ‘हे बहिनी, तिम्रो स्वागत र सत्कार देखेर अत्यन्त प्रसन्न भएँ । तिम्रो के इच्छा छ ? माग’ भनेर सोधेछन् । यमुनाले भनिछन् ‘हे दाजु, प्रत्येक वर्ष हजुर पाँच दिनका लागि यमलोकका सम्पूर्ण कार्यहरू छोडेर हजुर पृथ्वीमा आउनुहोस् । र, यस्तै प्रकारबाट हजुर र हामीहरू बसेर अत्यन्त उत्सव मनाऔँला ।’ भनेर यही कुरा निवेदन गगरिछन् । सोही दिनबाट यमपञ्चक प्रारम्भ भएको भन्ने कथन रहँदै आएको छ ।

अर्को प्रसङ्ग अनुसार बलि राजाले आफ्ना दस दिक्पालहरूलाई आफ्ना सेवकहरूलाई पृथ्वीको हालखबर बुझ्नका लागि यो समयमा पठाउनु भएछ । हामीले देउसी भैलो खेल्दा खेरी पनि हामीहरूले पनि उक्त वचनलाई हामीहरूले भन्ने र सुन्ने गर्दछौँ ।

भाइटीकाको बिहान ब्रह्म मुहूर्तमा उठेर स्नान गर्नु पर्दछ । शुद्ध वस्त्र धारण गर्नु पर्दछ । भाइटीकाको उत्तम साइतमा दियो, कलश गणेशको स्थापना गर्ने, अष्टचिरञ्जीवीको स्थापना गरि पूजा अर्चना गरिन्छ ।

कुन दिशामा फर्केर लगाउने ?
दिदीबहिनीले पश्चिमतिर फर्केर टीका लगाउनु पर्दछ भने पूजा गरिने दाजुभाईहरु पूर्व फर्केर बस्ने गरिन्छ । घरको वास्तु अनुसार कतै दाजुभाई उत्तर फर्केर बस्ने पनि चलन रहेको छ ।

दिदी, बहिनीहरूले दाजुभाईलाई ढाका टोपी लगाईदिने चलन पनि रहेको छ । अनि सगुन र दही खान दिने । त्यसपश्चात् सप्तरङ्गी टीका र माला लगाइदिनु पर्दछ । दाजुभाइले पनि दिदी, बहिनीहरूका निम्ति पनि द्रव्य, दक्षिणाहरू, भेट उपहारका सामान प्रदान गर्ने गर्दछन् । दिदी, बहिनीहरूले पनि आफ्ना दाजु भाइका निमित्त ल्याएका मीठा परिकारहरू, फलफूलहरू, मिठाइका परिकारहरू, आफ्ना दाजुभाइका निम्ति अर्पण गर्दछन् ।

उपहार साटासाट गरेका वस्तुहरू दिदी, बहिनीले दाजु भाइको लिनु हुँदैन भन्ने जनविश्वास रहेको छ ।

भाईटिकामा कतिथरीका रङ्ग प्रयोग हुन्छन् ?
शास्त्रीय मान्यता र चलनचल्तीको मान्यता फरक फरक रहेको छ । चलनचल्तीमा सप्तरंगी टीका भनिएपनि शास्त्रले तिहारमा पञ्चरंगी टीका लगाउनुपर्ने जनाइएको छ ।

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच रङको टीका लगाउने भनेर शास्त्रमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

तर, अर्का संस्कृतिविद डा. वासुदेवकृष्ण शास्त्री डा. बासुदेव कोइरालाले भने तिहारमा सात प्रकारका रङको टीका नै लगाउनुपर्ने बताउँछन् ।

तिहारमा लगाइने सेतो रङ शान्तिको प्रतीक हो । निलो आरोग्य, कालो विरोध वा फौज, पहेँलो अध्यात्म, हरियो विकास, बैजनी स्वतन्त्रता र रातो साहसको प्रतीक हो । त्यसैले यी सातै प्रकारका रङको टीका तिहारमा प्रयोग गरिने शास्त्री बताउँछन् ।

उनी भन्छन्, ‘हाम्रा सारा पर्वहरू सूर्य र चन्द्रमासँग सम्बन्धित छन् । त्यसैले सूर्यको किरणमा सात रङ भएजस्तै तिहारमा पनि सप्तरंगी टीका नै लगाउनुपर्छ ।’

शास्त्रीका अनुसार तिहारमा सात प्रकारका रङको टीका लगाइदिएपछि ६ प्रकारका स्वादको सम्मीश्रण भएको परिकार खानुरखुवाउनुपर्छ । संसारमा गुलियो, टर्रो, अमिलो, पिरो, नुनिलो र तितो गरी ६ प्रकारका स्वाद छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ९ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा