५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

वसन्तपुरमा अञ्जली मास्केको सामूहिक भाइटीका, २०८ दाजुभाइले लगाए टीका



काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७औँ वर्षको सामूहिक टीका लगाइदिएकी छन् ।

दिदीबहिनी नभएका दाजुभाइलाई मास्केले २०५५ सालदेखि दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाइदिँदै आएकी छन् । जातपात नहेरी भाइटीका गर्न नपाएकालाई टीका लगाइदिएर संस्कृति र संस्कार बचाउँदै आएको उनले जानकारी दिइन् ।

मास्केले २०७१ सालको तिहारसम्म काष्ठमण्डपमा सामूहिक रुपमा टीका लगाइदिने गर्दथिन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले काष्ठमण्डप भत्केपछि भने उनले मरुसत्तलमा टीका लगाउन थालेकी हुन् । काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भए पनि विवादका कारण नखुलेपछि उनले मरुसत्तलमै टीका लगाउने कार्यलाई निरन्तरता दिँदै आएकी छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ५९ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय