काठमाडौं । गत शनिबार अनामनगरको एक स्टुडियो परिषरमा आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। आगलागिपछि गम्भीर घाइते उनलाई उपचारका लागि वर्न अस्पताल लगिएको थियो । यस घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो।
पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल आजै जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गर्न प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।
गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिने बताइएको छ । विगत ८–९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको गणेशको दाबी छ ।
प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ।


















प्रतिक्रिया