२२ असार २०८३, सोमबार | July 6, 2026

आत्मदाहको प्रयास गरेकी गायिका नितुको मृत्यु, अनुसन्धानको माग गर्दै प्रहरीमा किटानी जाहेरी



काठमाडौं । गत शनिबार अनामनगरको एक स्टुडियो परिषरमा आफैँलाई आगो लगाएकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

आज शुक्रबार बिहान साढे ८ बजे अस्पतालले मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

गत शनिबार अनामनगरमा उनले आत्मदाहको प्रयास गरेकी थिइन्। आगलागिपछि गम्भीर घाइते उनलाई उपचारका लागि वर्न अस्पताल लगिएको थियो । यस घटनापछि प्रहरीले गायक बाबुल गिरीलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरेको थियो।

पौडेलको मृत्यु भएपछि उनका दाई गणेश पौडेल आजै जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । नितुका दाई गणेश गायक बाबुल गिरीविरुद्ध जाहेरी दर्ता गर्न प्रहरी वृत्त सिंहदरबार पुगेका हुन् ।

गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिने बताइएको छ । विगत ८–९ वर्षदेखि बिहिनी र गिरी प्रेम सम्बन्धमा रहेको उनको दाबी छ । दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको गणेशको दाबी छ ।

प्रहरीले घटनाबारे अनुन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : १७ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’