१२ असार २०८३, शुक्रबार | June 26, 2026

गौरीघाट-गुह्येश्वरी वाग्मती किनारमा छठघाट निर्माण सुरु



काठमाडौं । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको वाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वका लागि यस क्षेत्रमा छठीघाट निर्माण सुरु गरिएको हो । गुह्येश्वरी छठ समितिले यस क्षेत्रमा करिब २०० वटा घाट निर्माण गर्न लागेको छ ।

बाँस ल्याएर छठघाट निर्माणका लागि काम धमाधम भइरहेको छ । समितिले यस क्षेत्रको नदीलाई सफा बनाउन थालेको छ । यस वर्ष कात्तिक १० गते सोमबार छठ पर्वको मुख्य दिन हो । त्यस दिन अस्ताउँदो सूर्यलाई पूजा अराधनासहित अघ्र्यदान गरिन्छ । कात्तिक ११ गते मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ अन्त्य हुन्छ ।

गुह्येश्वरी मन्दिर अघिको बाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा सिँगारेर छठ घाट बनाइँदै छ । छठपर्वमा उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बस्छन् । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए ।

सोमबार बिहान स्नान गरी चोखोनितो गरेर बस्ने वर्तालुले मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ३ : ०३ बजे

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ