२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



पाल्पा । पाल्पाको रामपुर नगरपालिका–७ तुरुङदी खोलास्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज अपराह्न २ः३० बजेको समयमा लु१३प ८६३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार बगनासकाली गाउँपालिका–९ बस्ने २८ वर्षीय अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।

तानसेनबाट रामपुरतर्फ आइरहेको लु१३प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको लु७७प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनापश्चात् लगत्तै रामपुर अस्पतालमा पठाइए पनि डाक्टरले जाँच गर्ने क्रममा लु१३प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु१३प ८६३५ नम्बरको मोटरसाइकल चालक बगनासकाली गाउँपालिका–९ बस्ने ५१ वर्षीय विष्णुप्रसाद विक, लु७७प ४५०५ नम्बरको मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका–९ का २९ वर्षीय विवेक भट्टराई, सोही मोटरसाइकलमा पछाडि सवार रुपन्देही तिलोत्तमा नगरपालिका–५ मणिग्राम बस्ने २८ वर्षीय दीपक पाण्डे घाइते भएका छन् । घाइतेको अहिले रामपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ७ : २९ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’