३० असार २०८३, मंगलबार | July 14, 2026

प्रचण्डको सचिवालयले भन्यो – पार्टी एकताका विषयमा कुनै टुंगो लागेको छैन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पार्टी एकताका विषयमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका समाचारहरूमा कुनै सत्यता नभएको स्पष्ट गरेको छ।

सचिवालयद्वारा शुक्रबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गर्दै विभिन्न पार्टी र समाजवादी मोर्चाका घटकहरुबीच वैचारिक तथा सांगठनिक छलफलहरू जारी रहेको जनाएको हो । नोटमा भनिएको छ – केन्द्रीय समिति बैठकले गरेको निर्णय र आवश्यकता बमोजिम समाजवादी मोर्चामा आबद्ध राजनीतिक दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूबीच नेपाली समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न एकता तथा संयुक्त मोर्चा निर्माणका लागि वैचारिक तथा सांगठनिक छलफलहरू जारी छन्।

सचिवालयका अनुसार “हाल कुनै पनि दलसँग पार्टी एकता गर्ने वा अन्य टुंगोमा पुग्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।”

माओवादी केन्द्रका अनुसार विगतका जनक्रान्ति र जनसंघर्षका उपलब्धिहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अब अपरिहार्य बनेको ठहर पार्टीले गरेको छ।

प्रचण्डको सचिवालयले इतिहासले मागेको यही आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि कुनै पनि औपचारिक निर्णय नलिइएको स्पष्ट गरेको छ। साथै, यस विषयमा सामाजिक सञ्जाल र केही संचार माध्यममा आएका प्रचारहरू निराधार र भ्रामक भएको भन्दै त्यसतर्फ ध्यान नदिन सम्पूर्ण कार्यकर्ता र जनसमुदायलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ०५ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित