१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँके निकुञ्जका रेन्जरमाथि कुटपिट



कोहलपुर । राप्तीसोनारी ९ बुच्चापुरका स्थानियले राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका छन् । उनीहरुले बाघले मान्छेको ज्यान जाने गरि आक्रमण गर्दा बेवास्ता गरेको भन्दै निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको गयराती बाघको आक्रमणबाट मृत्यु थियो । आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका निए । सोहीक्रममा स्थानियले रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

कुटपिट र पीडित स्थानीयको समाचार संकलन गर्न पुगेका कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीमाथि पनि स्थानीयले कुटपिट गरेका छन् । उनीहरुले पत्रकार शाहीले संकलन गरेको भिडियो सामाग्री समेत डिलिट गर्न पाठाएको शाहीले बताए ।

समाचार संकलन गर्न गएका पत्रकार शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि उनीहरुले कुटपिट गरेको उनले बताए ।

मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका दल बहादुर खड्कालाई समेत मृतकका आफन्त र स्थानीयले हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ५६ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज