५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बाँके निकुञ्जका रेन्जरमाथि कुटपिट



कोहलपुर । राप्तीसोनारी ९ बुच्चापुरका स्थानियले राष्ट्रिय निकुञ्जका रेन्जरलाई कुटपिट गरेका छन् । उनीहरुले बाघले मान्छेको ज्यान जाने गरि आक्रमण गर्दा बेवास्ता गरेको भन्दै निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका हुन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको गयराती बाघको आक्रमणबाट मृत्यु थियो । आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका निए । सोहीक्रममा स्थानियले रेन्जर धिताललाई कुटपिट गरेका हुन् ।

कुटपिट र पीडित स्थानीयको समाचार संकलन गर्न पुगेका कोहलपुर टुडेका पत्रकार डिल्ली शाहीमाथि पनि स्थानीयले कुटपिट गरेका छन् । उनीहरुले पत्रकार शाहीले संकलन गरेको भिडियो सामाग्री समेत डिलिट गर्न पाठाएको शाहीले बताए ।

समाचार संकलन गर्न गएका पत्रकार शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै पनि उनीहरुले कुटपिट गरेको उनले बताए ।

मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका दल बहादुर खड्कालाई समेत मृतकका आफन्त र स्थानीयले हातपात गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ५६ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको