१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली सहित बर्दियाका गिरी र झापाका थापामगर पक्राउ



काठमाडौँ । गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिया बढैया गाउँपालिका-३ घर भई हाल काठमाडौँ कपन बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई हाल काठमाडौँ मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “प्रहरीले काठमाडौँ महानगरपालिका-३२ नरेफाँटस्थित चेकजाँचका क्रममा शङ्कास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजसहित उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको हो ।”

पक्राउ परेका गिरीलाई सोधपुछ गर्दा गत भदौ २४ गते प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको र निजका साथी थापामगरले पनि प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोली लुकाइछिपाई राखेको जानकारीअनुसार निजहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त दरबारमार्ग पठाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलको गोली तीन थान फेला परेको र थापामगरलाई खोजतलास गर्दै जाने क्रममा मालिगाउँ आनन्द भैरव मार्गस्थित रहेको कोठा खानतलासी गर्दा उक्त कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलको गोली दुई थान, छालाको पेटी बेल्टको बक्कल एक थान फेला पारी बरामद गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : २१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा