१७ माघ २०८२, शनिबार | January 31, 2026

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित



नेपालगन्ज । राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए ।

उनका अनुसार पछिल्लो पटक शनिबार बाघको आक्रमणमा परी राप्तीसोनारी–९ गुरुवागाउँ नमूनाटोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएपछि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको द्वन्द्व बढ्दै गएको छ ।

शुक्रबार दिउँसो घाँस काट्न गएका खत्री साँझसम्म पनि घर नफर्केपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजतलास गर्दा शनिबार बिहान जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । स्थानीयको सुरक्षामा निकुञ्ज प्रशासनले बेवास्ता गरेको आरोप लगाइएको छ । उनीहरुले शनिबार घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मी डिल्ली शाहीमाथि हातपातसमेत गरेका छन् ।

बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटना भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्ल नजिक नजान अनुरोध गरिएको निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

उनले मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै वन्यजन्तुबाट मृतक तथा घाइतेलाई कानुन बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने बताए ।

निकुञ्ज वरिपरिका क्षेत्रमा पटक–पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले मध्यवर्ती क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : १६ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक