काठमाडौँ । मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनारको नाम एकाएक मन्त्रीको सूचीबाट हटाइएको छ । फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भए लगत्तै सुनारको नाम मन्त्रीको सूचीबाट हटाइएको हो ।
यद्देपी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले भने सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार आदर्शकुमार श्रेष्ठका अनुसार सुनार मन्त्रीको लिस्टमा समावेश नै रहेका थिएनन् । सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि सचिवालय मार्फत सुनारको नाम लिष्टमा नरहेको दाबी गरिएको हो ।
यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू सार्वजनिक भएको थियो । सीतल निवासमा शपथ ग्रहणको तयारी सुरु हुँदा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।


















प्रतिक्रिया