२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कांग्रेस कार्यबहाक सभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा सामाजिक सद्भाव प्रवद्र्धन गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन्। “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,” शुभकामना सन्देशमा उल्लेख छ ।

कार्यवाहक सभापति खड्काले श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्दै यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ०१ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति