१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्व : कांग्रेस कार्यबहाक सभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

छठ पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले सामूहिक भावना, अनुशासन, पारिवारिक एकता तथा सामाजिक सद्भाव प्रवद्र्धन गर्न यस पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका हुन्। “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो, यहाँ मनाइने विविध चाडपर्वले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन, राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने माध्यमका रूपमा समेत काम गरिरहेका छन्,” शुभकामना सन्देशमा उल्लेख छ ।

कार्यवाहक सभापति खड्काले श्रद्धाका साथ मनाइने छठ पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्दै यस पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १२ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा