३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रचण्डको अपील : राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संरक्षण गर्न सबै वामपन्थीहरू एउटै झण्डामुनि एक हौं



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीचको एकता र साझा आन्दोलन अत्यावश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रचण्डले देशमा उत्पन्न जटिल राजनीतिक परिस्थिति, बढ्दो जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि देखा परेका चुनौतीहरू समाधान गर्न वामपन्थी शक्तिहरुबीच एकताको आह्वान गरेका हुन् । उनले राष्ट्रले भोगिरहेका समस्याहरूको समाधान अग्रगामी र क्रान्तिकारी सोच, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलमार्फत मात्रै सम्भव हुने उल्लेख गरेका छन्।

प्रचण्डकाअनुसार अहिले देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।

“राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा समाजवाद निर्माणको आधार तयार गर्न माओवादीसहित सबै वामपन्थी शक्तिहरू एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो,” प्रचण्डले भनेका छन्।

उनले सबै माओवादी धाराका समूह र वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल समेत गरेका छन्। साथै, संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा एकत्रित हुन आह्वान गरेका छन्।

“देशका सामु देखिएका जटिलता, जनअपेक्षा र राष्ट्रिय स्वाधीनता तथा लोकतन्त्रमाथि परेका चुनौतीहरूको समाधान हाम्रो ऐतिहासिक जिम्मेवारी हो,” प्रचण्डले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : २५ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय