३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

जेनजी आन्दोलन जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिटको आज सुनुवाइ



काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध दायर रिटको पेसी आजका लागि तोकिएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीहरूको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र तटस्थ नभएको दाबी गरेका छन् । उनका अनुसार, जिम्मेवारी सम्हाल्नुअघि नै पूर्वाग्रही धारणा राख्ने व्यक्तिले प्राकृतिक न्यायको सिद्धान्तअनुसार निष्पक्ष ढंगले काम गर्न सक्दैनन् ।

सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

आज हुने सुनुवाइमा रिट स्वीकृत हुने वा अस्वीकार हुनेबारे निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : ३४ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने