काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध दायर रिटको पेसी आजका लागि तोकिएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीहरूको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र तटस्थ नभएको दाबी गरेका छन् । उनका अनुसार, जिम्मेवारी सम्हाल्नुअघि नै पूर्वाग्रही धारणा राख्ने व्यक्तिले प्राकृतिक न्यायको सिद्धान्तअनुसार निष्पक्ष ढंगले काम गर्न सक्दैनन् ।
सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।
आज हुने सुनुवाइमा रिट स्वीकृत हुने वा अस्वीकार हुनेबारे निर्णय हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया