६ पुस २०८२, आइतबार | December 21, 2025

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, क्याप्टेन सकुशल



सोलुखुम्बु । अल्टिच्युट एयरको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा आज विहान दुर्घटना भएको छ । क्याप्टेन विवेक खड्काले उडाएको सो हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको पर्यटन व्यवसायी काजी विष्टले जानकारी दिएका छन् ।

विष्टका अनुसार, क्याप्टेन विवेक खड्का सकुशल रहेका छन्, भने हेलिकोप्टरमा भौतिक क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, अल्टिच्युट एयरको हेलिकोप्टर बिहान ८:१५ बजे दुर्घटनामा परेको हो ।

उनले भने, “अल्फा माइक सेरा” कलसाइन भएको हेलिकोप्टर लोबुचेमा अवतरणका क्रममा चिप्लिएको हो । हाल घटनास्थलबाट थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : ०३ बजे

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन