२ भदौ २०८३, मंगलबार | August 18, 2026

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ गर्न पाँच सदस्यीय संवैधानिक इजलास गठन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइका लागि सर्वोच्च अदालतले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ।

सर्वोच्चले बुधबारदेखि रिटहरूको सुनुवाइ प्रारम्भ गर्नुअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । राउतले वरिष्ठताको आधारमा इजलासको संरचना तय गरेका हुन्।

प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका छन्। जेनजी आन्दोलनको दबाबमा राष्ट्रपति रामचन्द्र पौडेलले आफुमा अन्तरनिहित अधिकारको प्रयोग गर्दे सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए । सोही सरकारको सिफासिरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ११ बजे

बाढी पहिरोले म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित, दुई आयोजना बन्द

म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम

पश्चिम नेपालमा वर्षा जारी, पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा