काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्वाचनको मिति तय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राष्ट्रियसभा सदस्यको रिक्त स्थान पूर्तिका लागि २०८२ साल माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरिएको छ।
बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ। राष्ट्रपति पौडेल कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने छन्।
त्यसैगरी, प्रवक्ता मन्त्री खरेलले संघीय संसद्का पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए। उक्त संशोधनमार्फत स्वकीय सचिवको सुविधा हटाइएको उनले बताए।


















प्रतिक्रिया