२३ असार २०८३, मंगलबार | July 8, 2026

राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचन माघ ११ गते



काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्वाचनको मिति तय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राष्ट्रियसभा सदस्यको रिक्त स्थान पूर्तिका लागि २०८२ साल माघ ११ गते आइतबारका दिन निर्वाचन गर्ने निर्णय गरिएको छ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणलाई पनि स्वीकृति दिएको छ। राष्ट्रपति पौडेल कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने छन्।

त्यसैगरी, प्रवक्ता मन्त्री खरेलले संघीय संसद्का पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि बैठकले गरेको जानकारी दिए। उक्त संशोधनमार्फत स्वकीय सचिवको सुविधा हटाइएको उनले बताए।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : ३२ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको