२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुनअनुसार कारबाही गर्नुपर्छ : आयोग अध्यक्ष कार्की



वीरगञ्ज । जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २४ गते व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाटमा संलग्नलाई फौजदारी कानुन अनुसार कारबाही गर्नुपर्ने बताएका छन ।

आयोगद्वारा आज यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा अध्यक्ष कार्कीले हातहतियार लुटपाट गर्ने र कारागारबाट भागेका कैदीबन्दीलाई कारबाही गर्न भने सरकारले अध्यादेशमार्फत कानुन बनाउनुपर्नेमा जोड दिए । ‘‘सरकारी हातहतियार लुटेका लुटेरालाई विद्यमान कानुनले कारबाही गर्न केही अप्ठेरो रहेछ,’’ उनले भने, ‘‘त्यसैले आयोगले उनीहरुलाई आवश्यक कानुनी कारबाही गर्न अध्यादेशमार्फत कानुन ल्याउन अनुरोध गरेका छौंँ ।’’ अध्यक्ष कार्कीले आयोगले कार्यादेश अनुसार निर्धारित समयमै कार्यसम्पादन गर्ने स्पष्ट पारे ।

आयोगको टोलीले अहिले जिल्ला–जिल्लामा पुगेर क्षति भएका संरचनाको स्थलगत अनुगमन तथा छलफल गरिरहेको जानकारी उनले दिए । उनले भदौ २३ गतेको घटनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको भूमिकाका विषयमा पनि आवश्यक कागजात माग्ने र अनुसन्धान भइरहेको बताए ।

पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आयोगले सत्यतथ्य छानबिन गरेर राष्ट्रसामु बाहिर ल्याउने जिम्मेवारी पूरा गर्न अनुरोध गरे । उनले भने, ‘‘तपाईँहरूमाथि गहन जिम्मेवारी छ । सत्यतथ्य छानबिन गरेर सही र यर्थाथपरक प्रतिवेदन प्रस्तुत गर्न अनुरोध गर्दछु ।’’

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जेनजीको आवरणमा आगजनी गर्नेलाई अनुसन्धान गरेर कानुनी कठघरामा ल्याउन माग गरे । ‘‘पर्सामा आन्दोलनकारीको सङ्ख्या कम हुँदाहुँदै पनि व्यक्तिगत तथा सरकारी सम्पत्तिको रक्षा गर्न सकेनौंँ,’’ उनले भने, ‘‘आन्दोलनको नाममा अराजक गतिविधि गरेर व्यक्तिगत, सार्वजनिक सम्पत्ति लुटपाट र आगजनी गर्नेलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।’’

नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का पर्सा अध्यक्ष डा विश्म्भरप्रसाद शर्माले व्यक्तिगत र सार्वजनिक सम्पत्ति लुटपाट र आगजनी गर्ने जुनसुकै पार्टीमा आवद्ध भए पनि कारबाही गर्न अनुरोध गरे ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मीले जेनजी समूहले भन्दा पनि व्यक्तिगत रिसइवीका कारण जिल्लामा राजनीतिक दलको पार्टी कार्यालय र राजनीतिक दलका नेताहरूको घरमा आगजनी र लुटपाट भएको बताए ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पर्सामा भएको क्षतिको विवरणबारे जानकारी गराएका थिए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भदौ २४ गतेको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने धारणा राखे ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ६ : ३८ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक