१५ माघ २०८२, बिहिबार | January 30, 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी, अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार पनि जारी छ । बुधबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफल भइरहेको छ ।

बुधबारको पहिलो दिन अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा उनले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट विचारधारात्मक तथा संगठनात्मक आधार नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।

बैठक शुक्रबारसम्म चल्नेछ । उक्त अवधिभर पार्टी पुनर्गठन कार्ययोजना, नेतृत्व हस्तान्तरण, संगठनात्मक रुपान्तरण लगायतका विषयमा गहन छलफल हुने जनाइएको छ । साथै, बैठकमा पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक विषयमाथि पनि बहस हुनेछ ।

बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र घटनाक्रमको समीक्षा गरी आवश्यक राजनीतिक तथा संगठनात्मक कार्यक्रम अनुमोदन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ४० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला