१३ भदौ २०८३, शनिबार | August 29, 2026

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि जारी, अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक बिहीबार पनि जारी छ । बुधबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि विस्तृत छलफल भइरहेको छ ।

बुधबारको पहिलो दिन अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमा उनले कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट विचारधारात्मक तथा संगठनात्मक आधार नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् ।

बैठक शुक्रबारसम्म चल्नेछ । उक्त अवधिभर पार्टी पुनर्गठन कार्ययोजना, नेतृत्व हस्तान्तरण, संगठनात्मक रुपान्तरण लगायतका विषयमा गहन छलफल हुने जनाइएको छ । साथै, बैठकमा पार्टीको वैचारिक दृष्टिकोण र सैद्धान्तिक विषयमाथि पनि बहस हुनेछ ।

बैठकले जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र घटनाक्रमको समीक्षा गरी आवश्यक राजनीतिक तथा संगठनात्मक कार्यक्रम अनुमोदन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ४० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ