१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देहीसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं । देशका विभिन्न साना तथा ठूला नदीहरूमा आगामी तीन दिन पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार जारी विशेष बुलेटिनअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी (पूर्व-पश्चिम दुबै), रुपन्देही र कपिलवस्तुका साना नदीमा आकस्मिक बाढीको ‘मध्यम जोखिमसहित उच्च सम्भावना’ रहेको छ ।

महाशाखाले भनेको छ,

“कोसी, मधेस र वाग्मती प्रदेशका अधिकांश नदीहरूको बहाव कात्तिक १३ गते बढ्दो क्रममा रहने र १४ तथा १५ गते सतर्कता तह आसपास पुग्ने सम्भावना छ । त्यसैले नदीतटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनु आवश्यक छ ।”

हाल देशमा अरबसागरको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायुको संयुक्त प्रभाव सक्रिय रहेको महाशाखाले जनाएको छ । मौसमविद्हरूका अनुसार ‘मोन्था’को प्रभाव आउँदो शनिबार बिहानसम्म रहनेछ ।

विशेषज्ञहरूले सम्भावित वर्षा र बाढीका कारण पहाडी तथा तराईका नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन र जोखिम क्षेत्रबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  १० : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले