६ पुस २०८२, आइतबार | December 21, 2025

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतको आदेश



काठमाडौं । दलित अभियन्ताको रुपमा चिनिएका खगेन्द्र सुनारसँग विद्युतीय कारोबारसम्बन्धी मुद्दामा काभ्रे जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

श्रम मन्त्रीका रूपमा सपथग्रहण गर्न लाग्नुअघि उनी फरार प्रतिवादी रहेको विषय बाहिर आएको थियो । अधिवक्ता मनिषा गौतमले दायर गरेको साइबर अपराधसम्बन्धी जाहेरीमा सुनार फरार प्रतिवादीका रूपमा सूचीकृत थिए।

विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि लामो समयदेखि फरार रहेका भनिएका सुनार बिहीबार नै अदालतमा हाजिर भएका थिए। अदालतको आदेशसँगै उनी धरौटीमा रिहा भएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ४ : ११ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ