८ माघ २०८२, बिहिबार | January 22, 2026

यूएईसँग पाँच विकेटले पराजित नेपाल, कप्तान रोहितको शतक पनि निष्प्रभावी



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो ।

कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतक प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बलरहरू यूएईका ब्याट्सम्यानहरूलाई रोक्न असफल देखिए । लगातार दोस्रो हारसँगै नेपालको लिग-२ अभियान थप चुनौतीपूर्ण बनेको छ ।

यूएईका लागि आर्यन शर्माले ९८ बलमा ९८ रनको शानदार इनिङ्स खेले । यस्तै, अलिशान शराफूले २६ बलमा ४५ रन, मोहम्मद वासिमले २६, राहुल चोपरा १५, ध्रुव परासर १६, सर्सित कौसिक १३, र जाहिद अलीले ११ रन जोडे ।

नेपालका बलिङ तर्फ सन्दीप लामिछानेले २ विकेट, जबकि करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यो जितसँगै यूएई ८ अंकसहित अन्तिम स्थानमा रहे पनि नेपालको स्थिति पनि राम्रो छैन । १८ खेलमा पाँच जित र दुई बराबरीसहित नेपालका १२ अंक मात्र छन् ।

लिग तालिकामा २२ खेलमा १६ जितका साथ अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ । ३० अंकसहित स्कटल्यान्ड दोस्रो, २८ अंकसहित नेदरल्यान्ड तेस्रो, २४ अंकका साथ ओमान चौथो, २१ अंकसहित क्यानडा पाँचौं र १९ अंकका साथ नामिबिया छैठौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ६ : ४५ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको