१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

तथ्य पुष्टि नभएका समाचार सम्प्रेषण नगर्न आग्रह



काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्य पुष्टि नभएका र यथेष्ट आधार प्रमाण नभएका समाचार सम्प्रेषण नर्गन आग्रह गरेको छ ।

काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले आज प्रेस विज्ञप्ति जारी गरी परिस्थितिलाई उत्तेजक बनाउन नियोजित रूपमा गलत, मिथ्या एवं तथ्यलाई तोडमोड गरी सामग्री प्रकाशन गर्ने, तथ्य पुष्टि नभएका यथेष्ट आधार प्रमाण नभएका सामग्रीलाई सामाजिक सञ्जालबाट सम्प्रेषण गरी अतिरञ्जित गर्ने कार्य पेसागत आचरणविपरीत एवं गैरकानुनी कार्य भएको जनाउँदै हुँदा त्यस्ता कार्य नगर्न/नगराउन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालगायत सम्बद्ध सबैमा आग्रह गरेका हुन ।

काउन्सिलले भनेको छ, “पत्रकारिताका मूल्यमान्यताविपरीत गैरपेसागत आचारण गर्ने, तथ्यगत परीक्षण एवं आधार प्रमाणबेगर हतार गरी सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी समाजमा उत्तेजना/अफवाह भ्रम फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण नगर्न नगराउन काउन्सिल आग्रह गर्दछ ।”

काउन्सिलले मिडियामा आबद्ध नभई सञ्चालनमा रहेका युट्युब च्यानललगायतका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीउपर उजुरीपरेमा वा स्वअनुगमन हुँदा आचारसंहिता प्रतिकूल देखिएमा त्यस्ता सामाजिक सञ्जाललाई प्रथमपटक भुलसुधार निर्देशन एवं सचेत गराइने र त्यसोगर्दा पनि भुल सुधार नगरेमा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पत्रचार गरिने बेहोरासमेत जनाएको छ ।

काउन्सिलले सञ्चारमाध्यम र सञ्चारमाध्यमका सामाजिक सन्जालबाट समेत सम्प्रेषण भएका सामग्रीउपर प्राप्त हुने उजुरी/जनगुनासाको सुनुवाइका साथै नियमित अनुगमन गर्दै आइरहेको छ । त्यसक्रममा काउन्सिलले सञ्चारमाध्यमले सञ्चालन गर्ने युट्युबलगायत सामाजिक सञ्जालको अभिलेख गरी अनुगमन गर्नुका साथै मिडियाको आवरणमा चलेका तर दर्ता अभिलेख नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको प्रवृत्तिगत अनुगमन गरिरहेको छ ।

वर्तमान अवस्थामा कतिपय मिडियाबाट तथ्यगत परीक्षणबेगर भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्ने गुनासा आइरहेको र काउन्सिलको अनुगमनबाट त्यस्तो देखिएका सन्दर्भमा आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउनका लागि काउन्सिलका सदस्यलाई ‘फोकल पर्सन’ का रूपमा तोकी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ३४ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको