१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति



मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पु¥याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए ।
यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए। तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुङ्गा खस्दा कार्यालय भवनमा आंशिक क्षति पुगेको छ । मनसुन सक्रिय रहेसँगै वर्षाले मुस्ताङका धेरैजसो स्थानका सडक अवरुद्ध भएका छन् । यस्तो अवस्थामा केही दिन मुस्ताङको यात्रा नगर्न वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गरेका छन् ।
उपल्लो मुस्ताङमा हिमपात 
उपल्लो मुस्ताङका विभिन्न स्थानमा बिहीबार राति हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार अहलिे सामान्य हिमपात भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा अहिले वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए ।
यस्तै घरपझोङ र थासाङ गाउँपालिकामा पनि मङ्गलबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँका उच्चलेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा हिउँ पर्न नसकेको स्थानीय मनिता थकालीले जानकारी दिइन ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : २४ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र