२१ भदौ २०८३, आइतबार | September 6, 2026

बुटवलको मिलनचोकमा रहेको होटलमा एक पुरुषको रहस्यमय मृत्यु, अनुसन्धान जारी



बुटवल । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार क्षेत्री शनिबार दिउँसो एक महिलासहित होटल पुगेका थिए । उनीहरू दुई बच्चासहित होटल पुगेका र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

होटल सञ्चालकका अनुसार उनीहरूले कोठामै खाजा मगाएर खाएका थिए । त्यसपछि क्षेत्री बेहोस भएको भन्दै उनीसँगै पुगेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् ।

क्षेत्रीलाई तत्काल एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।

उनका अनुसार मृतकसँग बसेकी महिला बुटवल–२ पाखापानीकी ३० वर्षीया सुनार थरकी हुन् । “बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न बाँकी छ,” डीएसपी रानाले भने ।

अनुसन्धानमा संलग्न टोलीका अनुसार उनीहरूले माथिल्लो तलाको कोठामा बसेर मासु र मदिरा सेवन गरेपछि तल्लो तलाको कोठामा सरेका थिए ।

घटनास्थलमा पुगेका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले मृत्युको कारण अहिलेसम्म नखुलेको जानकारी दिए ।

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर रहेका छन् । प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : २१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका