१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बुटवलको मिलनचोकमा रहेको होटलमा एक पुरुषको रहस्यमय मृत्यु, अनुसन्धान जारी



बुटवल । बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्रीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार क्षेत्री शनिबार दिउँसो एक महिलासहित होटल पुगेका थिए । उनीहरू दुई बच्चासहित होटल पुगेका र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

होटल सञ्चालकका अनुसार उनीहरूले कोठामै खाजा मगाएर खाएका थिए । त्यसपछि क्षेत्री बेहोस भएको भन्दै उनीसँगै पुगेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् ।

क्षेत्रीलाई तत्काल एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।

उनका अनुसार मृतकसँग बसेकी महिला बुटवल–२ पाखापानीकी ३० वर्षीया सुनार थरकी हुन् । “बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न बाँकी छ,” डीएसपी रानाले भने ।

अनुसन्धानमा संलग्न टोलीका अनुसार उनीहरूले माथिल्लो तलाको कोठामा बसेर मासु र मदिरा सेवन गरेपछि तल्लो तलाको कोठामा सरेका थिए ।

घटनास्थलमा पुगेका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले मृत्युको कारण अहिलेसम्म नखुलेको जानकारी दिए ।

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर रहेका छन् । प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : २१ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका