४ चैत्र २०८२, बुधबार | March 18, 2026

फोहोर संकटका बीच मन्त्री घिसिङबाट बञ्चरेडाँडाको अवलोकनमा



काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएपछि ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्।

उपत्यकाको फोहोर उठ्न छाडेपछि मन्त्री घिसिङले बञ्चरेडाँडा पुगेर स्थल निरीक्षण गरेका हुन्। उनले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अहिले स्थानीय सरोकारवालासँग छलफल गरिरहेका छन्।

बञ्चरेडाँडाका स्थानीयवासीले अघिल्ला सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ उपत्यकामा फोहोर संकलन रोकिएको हो।

फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरमै फोहोर सुरक्षित रूपमा कम्पाउण्डभित्र राख्न आग्रह गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : २३ बजे

दलका नेताहरुलाई बोलाएर धन्यवाद दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर । लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।