५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

फोहोर संकटका बीच मन्त्री घिसिङबाट बञ्चरेडाँडाको अवलोकनमा



काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएपछि ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्।

उपत्यकाको फोहोर उठ्न छाडेपछि मन्त्री घिसिङले बञ्चरेडाँडा पुगेर स्थल निरीक्षण गरेका हुन्। उनले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अहिले स्थानीय सरोकारवालासँग छलफल गरिरहेका छन्।

बञ्चरेडाँडाका स्थानीयवासीले अघिल्ला सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ उपत्यकामा फोहोर संकलन रोकिएको हो।

फोहोर उठ्न नसकेपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरमै फोहोर सुरक्षित रूपमा कम्पाउण्डभित्र राख्न आग्रह गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ११ : २३ बजे

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय